Home / Feature Breaking news / घोराहीका एक जना कोरोना संक्रमितको बेलझुण्डीमा मृत्यु

घोराहीका एक जना कोरोना संक्रमितको बेलझुण्डीमा मृत्यु

दाङ,२३ मंसिर । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका–१४ निवासी ६६ वर्षीय पुरुषको मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका हेल्थअसिटेन्ट तथा व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

कोरोना संक्रमणदेखिपछि मंसिर १६ गतेदेखि अस्पतालको आईसियुमा उपचाररत ती पुरूषको मंगलबार विहान साढे १ बजेतिर मृत्यु भएको हो । कोरोनासँगै उनमा निमोनिया पनि थियो ।

योसंगै कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*