Home / खेलकुद / आईटिएफ तेक्वान्दोको रोल्पामा पेटी परिक्षा

आईटिएफ तेक्वान्दोको रोल्पामा पेटी परिक्षा

दाङ,१४ मंसिर । रोल्पा आईटिएफ तेक्वान्दो संघद्वारा संचालित द मून तेक्वान्दो आईटीएफ एकेडेमीले परिवर्तन गाउँपालिका–२ राङ्सीमा पेटि परिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त परिक्षामा १ सय ४९ जना खेलाडीहरुको सहभागी रहेको कार्यक्रम संयोजक रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाँठामगरले जानकारी दिएका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी ‘जितजङ’ले स्वास्थ्यसँगै देशको प्रतिष्ठानसँग जोडिएको खेलकुद क्षेत्रको विकास आवश्यक रहेको बताएका थिए ।

उनले आईटिएफ तेक्वान्दो खेल स्वास्थ्यसँगै आत्म सुरक्षाका लागि समेत हरेक व्यक्तिहरुका लागि आवश्यक रहेको भन्दै युवाहरुलाई लाग्न आग्रह गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण चिज बहादुर विकले गरेका थिए । कोरोना संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाएर कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा खेलाडी,प्रशिक्षक,रेफ्रिलगायतका अतिथिहरुले मास्क,सेनेटाइजर प्रयोग गरेर कार्यक्रममा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*