Home / Feature Breaking news / दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा

दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा

केएल पीडित

काठमाडौं,६ मंसिर। देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी चेली डा. निगाता केसी मिस नेपाल २०२० को फाइनलमा पुगेकी छन् ।

नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तीकरण लगायत अन्य जीवन व्यवहार सम्बधी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा जाँदैछिन् । क्लोज क्याम्पमा फाइनल राउण्डमा गरिने प्रस्तुतिकरणबारे प्रशिक्षण हुने निगाताले बताइन् ।

द हिडन टिजर्सले आयोजना गरेको मिस नेपाल २०२० मंसिर २० गते फाइनल हुँदैछ । प्रतियोगितामा विभिन्न विधासहित उपाधिका लागि निगाता कडा मिहेनत गरिरहेकी छिन् ।

घोराही उपमहानगरपालिका–१५ रतनपुर निवासी बिष्णुबहादुर केसी र ललिता केसीकी कान्छी छोरी डा निगाता पढार्इलगायत अन्य क्षेत्रमा उत्तिकै अब्बल छिन् । कला क्षेत्रमा विशेष रुचि राख्ने निगाताले चिकित्सा विषयमा एमबिबिएस सकाएकी छिन् । वहुप्रतिभाशाली एवं आकर्षक व्यक्तित्वकी धनी २४ वर्षीया निगाताको उचाइ ५ फिट ५ इन्च छ ।

भविष्यमा छाला रोग विशेषज्ञ बनेर एसिड आक्रमण पीडितहरुको सेवा र उपचारमा संलग्न हुने डा निगाताको लक्ष्य छ । आफ्नो लक्ष्य र सपना पूरा गर्न मिस नेपालमा सहभागी भएको बताउने निगाता प्रतियोगितामा विभिन्न बिधासहित उपाधिको लागि अन्तिम प्रतिष्पर्धा गर्दैछिन् ।

प्रतियोगिताको अन्तिम तयारी चलिरहँदा आयोजक हिडन टिजर्सले मिस पपुलर च्वाइस अवार्डको लागि मतदान खुल्ला गरेको छ । यो अवार्डका लागि निगाताले आफूलाई भोट गर्न सबैलाई अपील गरेकी छिन् । आइएमइ पे (Ime Pay app) एप डाउनलोड गरी सोमार्फत प्रतिष्पर्धी नं. ७ की निगातालाई भोट गर्न सकिन्छ । मिस नेपाल २०२० को फाइनलमा २१ जना प्रतिष्पर्धीहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*