Home / Feature Breaking news / रोल्पामा जीपको ठक्करवाट १ को मृत्यु, २ घाईते

रोल्पामा जीपको ठक्करवाट १ को मृत्यु, २ घाईते

रोल्पा, ४ मंसिर । रोल्पामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

गए राती अन्दाजी ८ : ३० बजेको समयमा रोल्पाको सुनिलस्मृती गाउँपालिका ८ तल्लोपानी स्थित सुलिचौर–अरेश भित्री सडक खण्डमा जीपले ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

लु १ ज ३०७० नम्बरको जिपको ठक्करवाट घाईते भएका ती जना मध्य सुनिलसमृती गाउँपालिका निवासी ४६ बर्षीय राहुल मगरको उपचारका बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार पश्वात थप उपचारको लागी बुटवल लैजादै गर्दा वाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाईते सोही ठाउ वस्ने बर्ष ६ को राजेन्द्र पुन र बर्ष ३५ कि रिमा पुनको बुटवलमा उपचार भैरहेको छ । दुर्घटना लगत्तै घटनास्थलवाट फरार भएको जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया शुरू गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुबेदीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*