Home / समाचार / महिलालाई बोक्सीको आरोप लगाउने तीन जना पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउने तीन जना पक्राउ

घोराही, २६ कार्तिक

प्रहरीले दाङमा बोक्सीको आरोपमा महिलालाई गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले कात्तिक १५ गते मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय महिलालाई संगितनगर टोलमा गालीगलौज र हातपात गरेको आरोपमा देवबहादुर परियारलाई पक्राउ गरेको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको डीएसपी सुमित खड्काले बताए ।

यस्तै २१ कात्तिकको बिहा घोराही–१६ मा बस्ने दुई महिलालाई बर्ष ४५ कि नौमती महरा र बर्ष २८ कि दिपा बाठा मगरले धामी झाक्रीको भेषमा काम्दै पिडितको घरमा गई बोक्सी भनी गाली गलौज गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*