Home / Feature Breaking news / ट्रकको ठक्करबाट देउखुरीमा तीन जनाको मृत्यु

ट्रकको ठक्करबाट देउखुरीमा तीन जनाको मृत्यु

देउखुरी, २५ कार्तिक । देउखुरीमा ट्रकले ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटस्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ आउदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नाम, ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । मृतक तीनजनाको टाउको बिचबाट चिरापरेको र खुट्टा चुडिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*