Home / समाचार / कोभिड १९ तथा बजार व्यवस्थापनका बारेमा छलफल

कोभिड १९ तथा बजार व्यवस्थापनका बारेमा छलफल

दाङ, २५ कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सरोकारवालाहरु संग कोभिड १९ तथा चाडपर्वको समयमा वजार व्यवस्थापन सम्बन्धमा छलफल गरिएको छ । छलफलमा सहभागिहरुले कोरोना सङक्रमण कम नभएको भन्दै स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नु पर्ने बताएका थिए ।

व्यक्ति आफैले आफनो स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने बताएको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । उनीहरुले व्यवसायिहरुले जुन व्यवसायको लागि व्यवसायको अनुमती लिएको छ त्यसैको मापदण्डमा रहि व्यापार व्यवसाय गर्नु पर्ने बताएका थिए ।

भन्सार छलि अवैध रुपमा सामाग्रीहरु ल्याएर घुम्ते रुपमा विक्री वितरण गर्नेलाई निरुसाहित तथा कारवाही गरिनु पर्ने सहभागिहरुले बताएका थिए । त्यसैगरेर सडक पेटीमा व्यापार गर्ने फुटफाटमा व्यवसाय गर्ने व्यक्तिलाई स्थानिय तहले तोकेको स्थानमा गई व्यापार व्यवसाय गर्ने र स्थानिय तहलाई थप स्थानहरुमा फुटपाट व्यवसाय गर्ने स्थान वनाउन आग्रह गरेका थिए । छलफल दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

छलफलमा घोराही उप महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धु्रबराज श्रेष्ठ ९भारी०, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष हेमराज वन्जाडे, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सई लालवहादुर पुन, घोराही उप महानगरपालिका नगर प्रहरी श्रवणकुमार शर्मा वन्जाडे, दाङ देउखुरी होटेल व्यवसायि समितीका अध्यक्ष रुद्रवहादुर डाँगी, गल्ला तथा किराना व्यवसायि समितीका विकास वली, विद्युतीय व्यवसाय संघका अध्यक्ष डुल्लुराम पोख्रेल, संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*