Home / Feature Breaking news / रोल्पाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

रोल्पाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

रोल्पा,२३ कार्तिक । रोल्पाका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार रोल्पाको लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरूषको शनिबार मध्यराति १२ः१० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखापरेपछि रेउघा अस्पतालमा स्वस्थ्य परीक्षण गरिएकेमा थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । कोरोना संक्रमणको आशँकामा कात्तिक १४ गते गरिएको परीक्षणमा त्यसेका भोलिपल्ट रिपोर्ट आउँदा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएको भोलिपल्ट कार्तिक १६ गते उनलाई भेरी अस्पतालको कोभिड कक्षमा भर्ना गरिएको थियो । भेरी अस्पतालमा अक्सिजन सपोर्ट दिएर उनलाई उपचार थालिए पनि शनिबार मध्यराति १२ः१० मा उनको मृत्यु भएको श्रेष्ठले बताए । पारिवारीक स्रोतका अनुसार उनी विगत एक महिनादेखि जन्डिस रोगबाट समेत ग्रसित थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*