Home / खेलकुद / प्रथम परिवर्तन राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने

प्रथम परिवर्तन राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने

रोल्पा,२२ कार्तिक । प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो ९आईटिएफ० राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता हुने भएको छ ।

खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा ‘प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो ९आईटिएफ राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता–२०७७’ गर्न थालेको हो ।

अनलाईनका माध्यमबाट हुने प्रतियोगिता पुष ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने रोल्पा आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण बदलिँएको समयमा क्षेत्र क्षेत्रको निरन्तरतासँगै खेलाडीहरुलाई हौसल्ला बढाउने उद्देश्यले प्रविधिको प्रयोग गर्दै राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम स ंयोजक समेत रहेका बाठामगरले जानकारी दिएका छन् ।

प्रतियोगितामा देशभरका खेलाडीहरुले भाग लिनेछन् । नेपालमा तेक्वान्दो खेललाई व्यवसायिकतातर्फ अगाडि बढाउनका लागि रोल्पा आईटिएफ तेक्वान्दो संघले विभिन्न प्रतियोगिताहरु गर्दै आएको छ । प्रतियोगिताका लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघबाट समेत अनुमति प्राप्त गरिसकेको आयोजकले बताएको छ ।

प्रतियोगिताको लागि विभिन्न निकायबाट सहयोग तथा प्रायोजनसहित करिव ५ लाख बराबरको खर्च हुने संघले जनाएको छ । प्रथम परिवर्तन भर्चअल टेक्वान्दो ९आईटिएफ० राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्नका लागि संघका अध्यक्ष विक्रम बाँठामगरको संयोजकत्वमा मूल आयोजक समिति तथा प्राविधिक उपसमिति गठन गरिएको छ ।

त्यस्तै कृष्णप्रसाद बाँठामगरको संयोजकत्वमा आर्थिक उपसमिति र रेशम खड्काको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको संघका अध्यक्ष बाँठामगरले बताएका छन् ।

रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*