Home / Feature Breaking news / कोरोना संक्रमणबाट शिक्षक संगठनका लुम्विनी प्रदेश अध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट शिक्षक संगठनका लुम्विनी प्रदेश अध्यक्षको मृत्यु

दाङ, २२ कार्तिक । दाङको घोराही निवासी ५९ बर्षीय एक प्रधानाध्यापकको कोरोनाका कारण मृत्यु भएको छ । मृतक घोराही उपमहानगरपालिका–१५ निवासी मदनकुमार शर्मा हुन । उनको उपचारका क्रममा बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका–१७ मा रहेको माध्यामिक विद्यालय गोग्लीका प्रधानाध्यापक हुन । उनी कार्तिक १ गतेदेखि सरुवा भएर मावि गोग्लीमा गएका थिए । त्यसअघि उनी मावि भ्युडहर सुनपुर भमकेका प्रधानाध्यापक थिए । शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन ।

नेपलागञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान ५ ः २५ मा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*