Home / समाचार / शान्तिनगरका दर्जनौं युवाहरु राजमोमा प्रवेश

शान्तिनगरका दर्जनौं युवाहरु राजमोमा प्रवेश

दाङ,२१ कार्तिक । शान्तिनगर गाँउपालिकामा दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न ।

शान्तिनगरको चिराघाटमा आयोजना गरिएको कार्यक्रममा युवाहरु जनमोर्चामा प्रवेश गरेका हुन । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नवप्रवेशीहरुलाई अबिर र पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराएका थिए ।

रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जनमोर्चाका जिल्ला अध्यक्ष आचार्यले सामाजमा ब्याप्त बेथितिहरुको अन्त्य गर्दै समाजलाई सकारात्मक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्न युवाहरुलाई आग्रह गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरुमा रमेश अधिकारी, कोमल बुढाथोकी, शिवकुमार देबकोटा, ललिता बिकलगायत दर्जनौं युवाहरु रहेका छन । कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व जिल्ला अध्यक्ष शशीराम बुढाथोकी, अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती,शान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*