Home / Feature Breaking news / नेकपाका बहुमत सदस्यको निष्कर्ष– बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने

नेकपाका बहुमत सदस्यको निष्कर्ष– बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने

दाङ,२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बहुमत सचिवालय सदस्यहरुले औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले राखेको अनौपचारिक छलफलमा सहभागी नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

बिहीबार अध्यक्ष ओलीले आफ्नो असहमतिमा कुनै पनि बैठक राखेर निर्णय गरेमा त्यो नै फुटको बिन्दु हुने चेतावनी दिएपछि दाहालले ओलीकै सहमतिमा आज अनौपचारिक छलफल राखेका थिए । बैठकको निष्कर्षबारे जानकारी गराउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार पाँचैजना सचिवालय सदस्य बालुवाटार गएर बैठकका लागि आग्रह गर्ने बताए ।

“हामीले १ र ९ गते लिखितरुपमा नै बैठकका लागि आग्रह गर्‍यौं, तर ओली तयार हुनुभएन,” उनको भनाई थियो । शनिबार सचिवालयका पाँचैजना सदस्य बालुवाटार पुगेर बैठकका लागि आग्रह गर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*