Home / Feature Breaking news / सुगानी चौधरीको मिहिनेतको कथा

सुगानी चौधरीको मिहिनेतको कथा

मेरो नाम सुगानी चौधरी । मेरो घर घोराही उपमहानगरपालिका–३ झिङ्गनीमा पर्छ । मेरा २ वटा छोराहरु छन् । ठुलो छोराको बिहे भएकोले घरमा बुहारीपनि छिन । मेरो श्रीमान्सँगै साथमा सासु र ससुरा बुवापनि हुनुहुन्छ ।

हाम्रोे घरपरिवार खेती किसानीमा नै आश्रित परिवार हो । बाजे पुर्खादेखि चल्दै आएको कृषि पेशालाई मैलेपनि परम्परागत रुपमा चलाउदै आएको थिए । मेरो श्रीमान् घर बाहिरको काममा ब्यस्त हुनुहुन्थ्यो घरमै टेक्टर थियो । त्यहि टेक्टरको चालक बनेर धेरै बर्ष काम गर्नुभयो ।

घरको काम छोराहरुको स्याहार गर्दागर्दै आजभन्दा ८–१०बर्ष अगाडी नै हाम्रो गाँउमा हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामीण महिला उत्थान केन्द्र दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्रबाट सर मिसहरु आउनुभयो । त्यो पनि गाँउमा महिलाहरुको समुह बनाउने भनेर,अहिलेको समयमा पनि त महिलाहरु घरमा अल्लि बढी बोल्यो भने महिला जान्ने भएकी भन्ने खालको हाम्रो समाज छ ।

आजभन्दा ८–१०बर्ष अगाडी त महिलाहरुलाई हेर्ने नजर अहिलेको भन्दा धेरै फरक थियो । सर मिसहरुले सम्झाउदा हाम्रो लागी समुह आवश्यक रहेछ । समुहमा बस्नुपर्छ भन्ने लाग्यो र हामीहरु समुहमा बस्न थाल्यौ तर घरमा हामीलाई मात्रै होईन् हामीलाई सिकाउन आउने सर मिसहरुलाई समेत हाम्रो छोरीबुहारी बिर्गान गाँउ पसेका हौ जस्ता अनेकथरीका आरोपहरु लगाउन थालियो तरपनि उहाँहरुले कत्ति हरेस खानुभएन ।

अहिले सम्झन्छु सपना जस्तै लाग्छ तीन क्षणहरु । बिगतमा समुहमा घण्टौ काम गथ्यौ । गाँउटोल सरसफाई गर्न सिक्यौ । त्यत्तिमात्रै होईन् बाख्रापालन कसरी गर्नेलगायत ब्यक्तिगत सरसफाई र बचत गर्न समेत सिक्यौ । सुरुमा २० रुपैया बचत गर्नलाई समेत सकस पथ्र्यो आजभोलि मासिक ५सयदेखि १ हजार बचत आरामले गर्न सक्ने भएका छौ । त्यो बेलामा गाँउका प्राय घरका सासु ससुराले,घरको काम सबै लथालिङ्ग भयो समुहमा बस्नाले भनेर धेरै गाली गर्नुहुन्थ्यो ।

आज उनै सासु ससुराहरु हामीहरुले आयआर्जनका सवालमा काम गरेको देखेर खुसी हुनुहुन्छ । अनि त्यो बेला सर मिसलाई गाली गरेकोमा पछुतो पनि मान्नुहुन्छ । त्यो बेला समुहबाट शुरु गरेको बचत अहिले आफनै गाँउमा सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिको नाममा स्थापित भएको छ । सहकारीले हामीहरुले गाँउमा उत्पादन गरेको खसीबोका,तरकारी बेच्नमा सहयोग गर्दै आएको छ ।

त्यतिमात्रै होईन् सहकारीले लगानी लगाउनका लागी पैसाको कमी भयो भने अन्य बैकंहरुसँग समन्वय गरेर सस्तो ब्याजमा कर्जा सेवा समेत उपलब्ध गराउदै आएको छ । सासु ससुराको साथमा शुरु भएको परम्परागत कृषि खेती बिगत २ बर्षदेखि मेरो श्रीमान् जितमान चौधरी चालकको काम छोडेर तरकारी खेतीतर्फ आर्कषित हुनुभएको छ । सहकारी लगायत अन्य संघ संस्थाहरुबाट मौसमी तथा बेमौसमी तरकारी खेती तालिम पाएपछि झनै उहाँलाई यो तरकारी खेतीले आर्कषित बनाएको हो ।

तालिम पाएपछि हामीहरुले तालिममा सिकेको बिधिलाई नै प्रयोग गरेर टमाटर,काक्रा,बन्दा,काउली,खुर्सानीहरु ब्यावसायिक रुपले उत्पादन गर्दै आएका छौ । उत्पादित सामाग्रीहरुलाई सहकारीले बिक्रीका लागी सहयोग गर्दै आएको छ ।

घरपरिवारसँगै बसेर घरको अन्य सबै काम भ्याएर पनि बार्षिक रुपमा कम्तीमा ५लाखसम्म तरकारी बिक्री गरेरै आम्दानी गर्ने भएको छु । जसले गर्दा मेरो श्रीमान् अनि घरपरिवार सबैजना खुसी छौ । अहिले लकडाउनको समयमा तरकारी बिक्री भएन भनेर दुखी हुनैपरेन किनकी हाम्रो उत्पादनलाई सहकारीले बजारमा गएर तरकारी बिक्री गराएर छोड्यो ।

हाम्रो क्षेत्रमा सिँचाइको कमी छ । पर्याप्त सिचाँइको ब्यवस्था भईदियो भने तरकारी खेतीकै लागी भनेर १०–१५ कठा जग्गा भाडामा लिएर ब्यावसायिक तरकारी खेती गर्ने ठुलो रहर छ । हिजोका दिनमा सबैका अगाडी बोल्न अप्ठ्यारो लाग्थ्यो मलाई तर आजभोलि छलफल गर्न सक्ने भएकी छु । हिजोका दिनमा खानका लागी मात्रै उत्पादन गथ्र्यौ भने आजभोलि ब्यावसायिक हिसाबले कृषि खेती गर्ने भएका छौ ।

महिलाहरुले स्थापना गरेको सहकारी महिलाहरुको काम भनेपनि हामीहरुलाई यहि गाँउका घरका पुरुषहरुले पनि साथ सहयोग नगरेको भए हामीहरु आजपनि चुलोचौकामा मात्रै सिमित हुन्थ्यौ होला तर हामीहरुलाई मान्छे भएर जन्मिएपछि समाज रुपान्तरण र परिवर्तनका लागी हामी आफनैको भुमिका महत्वपुर्ण हुन्छ ।

हेफर ईन्टरनेशनल, ग्राामीण महिला उत्थान केन्द्र र नेपाल महिला सामुदायिक सेवा केन्द्रले सिकाउन महत्वपुर्ण भुमिका खेलेको हो यसका लागी सबैलाई धन्यवाद छ ।

प्रस्तुती  : पार्वती बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*