Home / Feature Breaking news / सुपथ मूल्य पसलमा मात्र ‘नून’

सुपथ मूल्य पसलमा मात्र ‘नून’

दाङ, २१ कार्तिक । वडा दशै तिहार तथा छठपर्वको उपलक्ष्यमा उपभोक्ताहरुलाई सहुलियतका लागि साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड दाङले सञ्चालन गरेको सुपथ मुल्यको पसलमा यसबर्ष नून मात्रै छ । वितेका वर्षहरुमा चाडपर्वको समयमा नूनसँगै चिनी समेत उपलव्ध गराउँदै आएको साल्ट टे«डिङले यस वर्ष कोरोना भाइरसको बाहनामा नून मात्रै बेच्ने गरेको छ ।

विगतका बर्षहरुमा सहज परिस्थितिका कारण नूनसँगै चिनी उपभोक्ताहरुलाई उपलब्ध गराउने गरे पनि यसबर्ष कोरोना भाइरसको महामारीका कारण कार्यालयले चिनी राख्न नसकेको साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड दाङ शाखा प्रमुख आनन्द न्यौपानेले बताए । ‘चाडपर्वमा उपभोक्ताहरुलाई सहुलियतमा नून र चिनी उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको भएपनि यो वर्ष भीडभाड बढी हुने त्रासका कारण चिनी राखेका छैनौ’–शाखा प्रमुख न्यौपानेले भने–‘उपभोक्ताहरु चिनी र नून पाइन्छ कि भनेर आउने गर्नुहुन्छ । तर चिनी नपाइने हुदाँ नून मात्र लगेर फर्किनुहुन्छ ।’

दशै, तिहार र छठ पर्वमा उपभोक्तालाई नूनसँगै चिनी उपलव्ध गराउने चाहना भए पनि बाध्यात्मक परिस्थीतिका कारण उपलव्ध गराउन नसकेको समेत प्रमुख न्यौपानेले बताए । पसल सुरु गर्दा सुरुमा कम्पनीसँग चिनी लिएन र राखैनौ अहिले चिनी आए पनि आफ्नै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि चिनी ल्याएर भीडभाड गर्न नचाहेको समेत बताए ।

‘दशैँअघि सुपथ मूल्यको पसलमा चिनी राखौँ भने पनि कम्पनीले चिनी खरिद नगरेका कारण चिनी राख्न सकेनाँै, अहिले कम्पनीले चिनी ल्याएपनि आफ्नै कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएका कारण राख्न सक्ने अवस्थामा छैनौँ’–उनले भने–‘कार्यालयकै कर्मचारीमा संक्रमण देखिएपछि उपभोक्तासँगै आपूmहरुलाई जोखिममा राखेर चिनी ल्याउन सकेका छैनौँ ।’ उनले सपथ मुल्यको पसलमा चिनी नभए पनि नून भने विक्री भइरहेको बताए ।

उनका अनुसार असोजको १५ गतेदेखि सुरु भएको सुपथ मूल्यको पसलमा ३५ सय केजी नून विक्री जति नून विक्री भएको बताए । कार्यालयले नून प्रतिकेजी १८ रुपैयाँमा दिने गरेको छ भने चिनी प्रतिकेजी ७० रुपैयाँमा विक्री गर्ने मूल्य निर्धारण गरेपनि चिनी भने सुपथ मूल्यको पसलमा छैन । साल्ट टे«डिङ कर्पाेरेशनले बाहिरी जिल्लाहरुमा भने नूनसँगै चिनी, तेल, पिठो, दाल, घ्यूलगायतका आवश्यक वस्तुहरु विक्री गर्ने गरेको छ ।

चाडपर्वको समयमा सुपथ मूल्यको पसल सञ्चालन नहुँदा उपभोक्ताहरुले घाटा खाएर अन्य पसलहरुबाट चिनी किन्नु परेको गुनासो गर्ने गरेका छन् । कार्यालयले गत वर्ष करिब ५ क्वीण्टल बढी चिनी सुपथ मूल्यको पसलबाट विक्री गरेको थियो । नून मात्रैको सुपथ मूल्यको पसल भने मंसिरको ५ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*