Home / समाचार / स्वर्गीय लोक गायक श्रेष्ठको श्रद्धाञ्जालीसभा

स्वर्गीय लोक गायक श्रेष्ठको श्रद्धाञ्जालीसभा

दाङ,१८ कार्तिक । नेपाली लोकसंगीतका मुर्धन्य ब्यक्तित्व एव समाजसेवी घोराही उपमहानगरपालिका १४ मिलनचोक निवासी मथुराप्रसाद श्रेष्ठको १३ औं दिनको पुण्यतीथिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ ।

दोहोरी गीत प्रतिष्ठान दाङ शाखा अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा बरिष्ठ लोक सस्कृतबिद डा. गोबिन्द आचार्यको प्रमुख आतिथ्य एव नेपाल निर्माण ब्यबसायी महासंघ लुुम्विनी प्रदेश अध्यक्ष बलिभद्र रानाको बिशिष्ट आतिथ्यतामा शोकसभा भएको थियो ।

शोकसभामा बोल्दै उनीहरुले श्रेष्ठले लोक संगीतको क्षेत्रमा ठूलो क्षेती पुगेको बताएका थिए । साथै उनीहरुले श्रेष्ठले स्वर दिएका गीत तथा रचनाहरुले उनलाई सदैव जीवन्त राख्ने समेत बताएका थिए ।

त्यस अवसरमा श्रेष्ठका छोरा दिलिपमान श्रेष्ठले दुखको घडिमा आफ्नो परिवारलाइ सहानुभुती, समबेदना एब सहयोग गर्नुहुने सम्पुर्ण इष्टमित्र,बन्धुबान्धब,छरछिमेक संघसंस्था,राजनीतिक दल, भातृ संघसंगठन तथा बिभिन्न  हित्यिक संघ संस्थालाइ धन्यबादसहित कृतज्ञता ब्यक्त गरेका थिए ।

उनले आफ्नो बुवाले कला तथा साहित्यमा लामो योगदान पु¥याएकाले योगदानलाई जीबन्त र चिरस्थाइ बनाउन बुवाको सम्झनामा १ लाखको मथुरा स्मृती अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । उक्त अक्षयकोषको रकम बढाउनुको साथै प्रत्येक बर्ष कला, गित, साहीत्य क्षेत्रमा उत्कृष्ट हुनेलाई प्रोत्साहनस्वरुप अक्षयकोषबाट प्राप्त हुने रकम प्रदान गरिने जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*