Home / Feature Breaking news / बालविवाहविरुद्ध प्रहरीको सचेतना अभियान

बालविवाहविरुद्ध प्रहरीको सचेतना अभियान

दाङ, १७ कार्तिक । बालविवाह रोक्न प्रहरीले सचेतना अभियान थालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको समयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले कोरोना भाइरस सम्वन्धी सुरक्षा मापदण्ड अपनाएर कानुन विरुद्धको विवाहलाई रोक्न कार्तिक १४ गते शुक्रबारदेखि बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियान शुरु गरेको हो ।

समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका १२ वटै जिल्लाहरुमा प्रहरीले अभियान शुरु गरेको छ । बालविवाह विरुद्धको अभियान प्रहरीले स्थानीय सरकार तथा विभिन्न संघ–सस्थाको समन्वयमा सञ्चालन गरिएको लुम्विनी प्रदेश कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

१२ वटै जिल्लामा लागू भएको कार्यक्रमअन्र्तगत प्रहरीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५÷५ वटा कार्यक्रम, वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम गरि १५ दिनमा एक हजार दुई सय ३१ वटा कार्यक्रमहरु संचालन गरिने प्रवक्ता एव प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् ।

नागरिकहरुलाई गैह्रकानुनी बालविवाह विरुद्ध जनचेतना अभिवृद्धि गर्ने र बालविवाह गराउनेलाई कानुनी कारवाही गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए । ‘बालविवाह गैह्रकानुनी कार्य भएपनि समाज अहिले पनि बालविवाह हुने गरिरहेका छन्’, प्रवक्ता एव प्रहरी बरिष्ठ उपरीक्षक बैदवारले भने– ‘अभियानले गैह्रकानुनी विवाहलाई रोक्ने र नागरिकलाई सचेत बनाउने अपेक्षा गरिएको छ ।’ उनका अनुसार गरिवी, छोराछोरीमा भएको विभेद, अभिभावकमा शिक्षा र चेतनाको कमी, यौन तथा प्रजनन् स्वास्थ् यबारे जानकारी नहुनु, मायाप्रेम, बेरोजगारसँगै पछिल्लो समय सामाजिक सञ्जालका कारण समेत बालविवाह हुने गरेको प्रहरीले बताएको छ ।

बालविवाहका कारण शारीरिक र मानसिक समस्या, घरेलु हिंसामा वृद्धि हुने, विवाहपछि पढाई बिग्रनेसँगै पारिवारिक, सामाजिक र आर्थिकरुपमा असर पर्ने देखिएको उनले बताए । बालविवाहविरुद्ध प्रहरी अभियानका कार्यक्रम प्रहरी चेक पोष्टहरुमा सचेतनामूलक व्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडि राख्ने, विभिन्न चेकिङ स्थानजमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २÷३ जनाको समुहमा अभियानबारे जानकारी गराउने लगाएका कार्यक्रमहरु रहेको प्रदेश प्रहरी प्रबक्ता एव प्रहरी बरिष्ठ उपरीक्षक बैदवारले बताएका छन् ।

प्रहरी तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बालविवाह हुनेमा दाङ दोस्रो स्थानमा रहेको छ । प्रदेश प्रहरी कार्यालयको वितेको तीनवर्षको अवधिमा प्रदेशका १२ जिल्लामध्ये प्यूठानमा सबैभन्दा धेरै १९ वटा बालविवाहका घटना भएका छन् । त्यसैगरी दाङमा १३ वटा, बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, रुकुम पूर्व र रुपन्देहीमा १÷१ वटा बालविवाह भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार रोल्पा, नवलपरासी पश्चिम, र पाल्पामा बालविवाहको घटना शून्य देखिएको छ । ३ वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि २६ वर्ष उमेरसमुहका बालबालिकाहरु धेरै रहेका छन् । तीन वर्षको अवधिमा भएका ४९ वटा बालविवाहका घटनाहरुमध्ये १० देखि १६ बर्ष उमेर समूहका २७ वटा बालविवाहका घट्नाहरु रहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷०७५ देखि बितेको आर्थिक वर्षसम्मको तथ्यांक अनुसार दाङमा १३ वटा बालविवाहका घटना भएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए । दाङमा आर्थिक वर्ष २०७४÷०७५ मा २ वटा, २०७५÷०७६ मा ८ वटा र गत आर्थिक वर्ष २०७६÷०७७ मा ३ वटा बालविवाहका घटना प्रहरीमा दर्ता भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*