Home / Feature Breaking news / लोकगायक श्रेष्ठ रहेनन्

लोकगायक श्रेष्ठ रहेनन्

दाङ, ६ कार्तिक । पुराना लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयघातका कारण ७५ बर्षको उमेरमा निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ मिलनचोकस्थित आफ्नै घरमा बिहीवार विहान श्रेष्ठको निधन भएको हो ।

२००२ सालमा प्यूठान जिल्लामा जन्मिएका श्रेष्ठको परिवार बसाई–सराई गरी दाङको घोराही आएको थियो । श्रेष्ठले २०३० सालमा पहिलोपटक रेडियो नेपालमा लोकगीत रेकर्ड गराएका थिए ।नेपाली टिपिकल लोकगीत गाउन रुचाउने श्रेष्ठका करिब दुई दर्जन बढी गीत रेकर्ड भइसकेका छन् । लोकगीत क्षेत्रमा निरन्तर साधनरत श्रेष्ठको राप्तीको लोकगीत, साहित्यसँगै कलाकारिताको विकासमा महत्वपूर्ण योगदान रहेको छ ।

श्रेष्ठ नेपाली लोकगीत तथा संगीतलाई माया गर्ने कुशल गायक, सर्जक एव संगीतकार रहेका गायक एव संगीतकार यादवनाथ योगी बताउँछन् । ‘लोक संगीतको क्षेत्रमा सधै साधनारत श्रेष्ठको मृत्युले ठूलो क्षति पु¥याएको छ’,  योगीले भने–‘कलासँगै पछिल्लो पुस्तालाई अघि बढ्न उत्पे्ररणा दिने श्रेष्ठलाई सधै सम्झिरहनेछ ।’

त्यसैगरी राप्तीको लोकगीत तथा कलाकारिताको क्षेत्रको विकासमा स्व. श्रेष्ठले महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान दाङका सल्लाहकारसमेत रहेका राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार स्व. श्रेष्ठले अभिनय, नेवारी भाषा, साहित्यको विकासमा समेत योगदान पु¥याएको बताए । ‘राप्तीको लोक गीत–संगीतको विकाससँगै नेवारी भाषा र साहित्यको विकासमा गोविन्दराज श्रेष्ठलगायतका सहकर्मीहरुसँग मिलेर उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको छ’, श्रेष्ठले भने ।

श्रेष्ठका एक श्रीमती, दुई छोरा र दुई छोरीहरु छन् । श्रेष्ठले जागिरका रुपमा औंलो निवारण अभियानसँगै जिल्ला स्वास्थ्य कार्यालयमा काम गरेका थिए । श्रेष्ठको शुक्रवार विहान घोराहीको शंखे पिपल घाटमा अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*