Home / Feature Breaking news / २४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं,५ कार्तिक । देशभर कोरोना भाइरसका थप पाँच हजार ७४३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७४३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ९९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १४ हजार ६७४ जना र होम आइसोलेसनमा २९ हजार ८०० जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*