Home / Feature Breaking news / देउखुरीमा टिप्परले ठक्कर दिदा छोरीको मृत्यु, बुवा घाइते

देउखुरीमा टिप्परले ठक्कर दिदा छोरीको मृत्यु, बुवा घाइते

दाङ,२ कार्तिक । देउखुरीमा टिप्परको ठक्करबाट छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । टिप्परको ठक्करबाट देउखुरीको गढवा गाउँपालिका–१ जुराउनी निवासी २४ वर्षीया जमुना कुमालको मृत्यु भएको छ । आइतबार दिउँसो पौने १ बजेतिर पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गर्दा ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट बुबा ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोख्रेलले जानकारी दिएका छन । दुर्घटनामा घाइते बुद्धिरामको लमहीमा उपचार रहेको छ ।

घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*