Home / Feature Breaking news / कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या

कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या

दाङ,३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरि एक युवाको हत्या गरिएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरीको हत्या भएको छ ।

विहिवार बेलुका ८ बजेतिर छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएपछि चौधरी र घर्ती परिवारको विवाद भएको थियो । बादविवादका क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरीमाथि कुटपिट गरेपछि उनी घाइते भएका थिए ।

घाइते चौधरीलाई उनकी आमाले राति नै घर लगेपनि उपचार हुन नसक्दा बढि रक्तश्रावाका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । ‘लाठीको आक्रमणबाट चौधरीको टाउकोलगायतका विभिन्न ठाउँमा चोट लागेको थियो,त्यस मध्यमा टाउकोमा बढि चोक देखिएको छ’–प्रहरी निरिक्षक भट्टले भने–‘कुटपिटका कारण चोटसँगै रक्तश्राव भएर मृत्यु भएको हुन सक्छ ।’

मृतकका परिवारले विहान ५ बजेपछि मात्रै प्रहरीलाई खवर गरेपछि प्रहरी घट्नास्थल पुगेको थियो । चौधरीको शव भने पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।चौधरीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*