Home / Feature Breaking news / ४ हजार ४७ जनामा कोरोना संक्रमण

४ हजार ४७ जनामा कोरोना संक्रमण

दाङ,२६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर रहेका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्य २ हजार २ सय ८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८ सय ८८, ललितपुरका २ सय ७७ र भक्तपुरका १ सय १८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरु मध्य ६ सय ४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टमा मात्र १ हजार ४ सय ७३ जना संक्रमणमुक्त भएका छन् । देशभर ३३ हजार ८ सय ८० संक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*