Home / Feature Breaking news / गाउँपालिकाले ग¥यो तीन महिना चुनढुङ्गा बोक्ने टिप्परहरु बन्द

गाउँपालिकाले ग¥यो तीन महिना चुनढुङ्गा बोक्ने टिप्परहरु बन्द

दाङ,२५ असोज । दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका लागि चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई ३ महिना रोक लगाएको छ ।

बंगलाचुली गाउँकार्यपालिकको शनिवार बसेको बैठकले घोराही–कमिरचौर सडक खण्ड कालोपत्रे नहुँदासम्म र तापाचोक –तापाखानी क्षेत्र पुग्ने सडक खण्डलाई तत्काल कालोपत्रे प्रक्रिया अघि नबढाउँदासम्म चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई सञ्चालनमा रोक लगाउने निर्णय भएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन् ।

‘घोराही–कमिरेचौर सडक खण्ड कालोपत्रे नहुँदा उक्त बाटो भएर हिड्ने जनताले पानी पर्दा हिलो र पानी नपर्दा धेरै धुलो खानु परेको छ’–गाउँपालिका अध्यक्ष वलीले भने–‘जनताले पाउदै आएको दु.ख समाधानका लागि पटक पटक आग्रह गरेका थियो तर पहल नभएपछि टिप्पर रोक्ने निर्णय गरेका हौ ।’

गाउँपालिका क्षेत्रभित्ररहेको घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परका कारण मदन भण्डारी लोकमार्गको अवस्था विग्रिदा वर्षामा हिलो, हिउँदमा धुलो हुदा गाउँपालिकाका नागरिकहरुले सास्ती खेप्नु परेको हुँदा अव उक्त सडक कालोपत्रे नहुँदासम्म टिप्परहरु रोक्ने निर्णय गरेको अध्यक्ष वलीले बताए । उक्त सडक खण्डमा घोराहीमा रहेको घोराही सिमेन्ट उद्योग र देउखुरीमा रहेको सम्राट सिमेन्ट उद्योगका लागि चुनढुङगा बोक्ने सवारीसाधनहरु चल्ने गर्दछन ।

गाउँपालिकाले सडकको कालोपत्रे गर्ने जिम्मा लिएको जलजला निर्माण सेवा प्रालिलाई समयमै कालोपत्रेको काम सक्नेगरी काम लगाउन सडक डिभिजन कार्यालय घोराहीलाई अनुरोध गरेको छ । कालोपत्रेको काम तोकिएको समयभित्र नगर्दा जनताले सास्ती भोग्नु परेको स्मरण गराउँदै समयमै कालोपत्रेको काम सक्न ताकेता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताए ।

‘सिमेन्ट उद्योगहरुले जनताको स्वास्थ्य,वातावरणीय प्रभाव र जनता समक्ष गरेको बाचाहरुलाई वेवास्ता गर्दा घोराहीदेखि तापासम्मका हजारौँ जनताले दुःख झेल्नु परेको छ’– प्रमुख प्रशासकीय वलीले भने–‘यसको अन्त्यका लागि समयमै सडक कालोपत्रे गरिए जनताको समस्या हल हुनेछ ।’

प्रमुख प्रशासकीय अधिकृत वलीले बंगलाचुली गाउँपालिकाले प्रशासनीक तवरबाट जनताका समस्यालाई मध्यनजर गर्दै सडक कालोपत्रेका लागि टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समेत बताए । उक्त सडक खण्डमा चुनढुङगा बोक्ने टिप्परका कारण सडक विगार्ने गरेको, धुलोका कारण बस्नै नसक्ने अवस्था आएको भन्दै स्थानीयले पटक पटक आन्दोलन गर्ने गर्दै आएका छन् ।

टिप्पर व्यवसायीका आफ्नै समस्या

यसैविच टिप्पर व्यवसायीहरुले चुन ढुङगा नबोक्ने भएका छन् । व्यवसायीहरुको आइतवार भएको बैठकले यस्तो निर्णय गरेको हो । घोराही सिमेन्ट उद्योग उद्योगसंग भएको वार्ता गर्दा भाँडा समायोजन कुनै पनि चाँसो र सहमती नदेखाएको कारण आरको सुचना नहुदासम्म घोराही तापामा चुन ढुङगा ढुवानी अनिश्चित काल सम्मको लागि रोक्ने स्वर्गद्धारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले जानकारी दिएका छन् ।

आन्दोलन गदै गर्दा घोराही सिमेन्ट उद्योगले कुनै पनि सहज रुपमा निकास नगरेको खण्डमा कडा भन्दा कडा आन्दोलन गर्ने भएको छ । आन्दोलनको लागि जिल्ला भर सम्पुर्ण ढुवानी कार्यदेखि कच्चा पदार्थ समेत ढुवानी वन्द गर्ने वाध्य हुने व्यवसायीहरुले बताएका छन् । यस प्रकारको निर्णणमा यातायात संघ र महासंघ लाइ सहयोग गर्नेका लागि अनुरोध गदै प्रशासनमा समेत जानकारी दिने निर्णय गरेको छ ।

बैठकले स्वर्गद्धारी टिप्पर यातायात प्रालिका लेखा समितीका सदस्य दिपक पण्डितका छोरा सजोल शर्माको निधन प्रति दुख व्यक्त गदै परिवार जन प्रति इश्वरले धैरे धारण गर्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*