Home / Feature Breaking news / दाङ महिला जेसीजको सप्ताह सुरु

दाङ महिला जेसीजको सप्ताह सुरु

घोराही, १८ असोज

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । आईतवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सप्ताहको सुरुवात गरिएको हो । आईतवार घोराहीमा वृक्षारोपण गरेर सप्ताहको सुरुवात गरिएको छ । दाङ जेसीजको सचिवालय परिसरमा वृक्षारोपण गरिएको थियो ।
दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ठ आतिथ्यमा सप्ताहको उद्घाटन गरिएको थियो । सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले युवाहरुको नेतृत्व विकासकालागि जेसीजले महत्वपूर्ण भूमीका निर्वाह गरेको बताउनुभयो ।

उहाँले युवाहरुको क्षमता विकासका साथै सामाजिका कार्यमा दाङ महिला जेसीजको क्रयाशीलता पंशसायोग्य भएको बताउनुभयो । विशिष्ठ अतिथि घोराही उपमहानगरापलिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले दाङ महिला जेसीजले गरेको रचनात्मक कार्यमा वडा कार्यालयको सधै साथ र सहयोग हुने बताउनुभयो । उहाँले युवाहरुको नेतृत्व विकालकालागी हुने हरेक क्रियाकलापमा आफ्नो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारी, नेपाल जेसीज तालिम आयुत्तका कोषाध्यक्ष विरसिंह महरा, दाङ महिला जेसीजका संस्थापक निर्मला गौतम, लमही महिला जेसीजका अध्यक्ष सपना पाण्डे, सामुदायिक वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, त्रिभुवननगर जेसीजका अध्यक्ष माधव पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संयोजक बसान्त भन्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष सिन्धु रिजालले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । अर्चना शर्माको आस्थापाठ गराउनुभएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष नारायणी भण्डारीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई कार्यकारिणी उपाध्यक्ष अनिता ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत १९ गते सोमवार ब्लड बैंक घोराहीमा रक्तदान कार्यक्रम, २० गते घोराही उपमहानगरपालिकामा शारीरिक अपाङ्ग तथा विपन्न परिवारलाई सहयोग, २१ गते वडा नम्बर १५ मा रहेको घरेलु तथा तरकारी विक्री केन्द्र अमृत टोलमा सामाजिक मनोपरामर्श तथा मास्क वितरण गर्ने, २२ गतेसन्देशमुलक साहित्यिक रचना वाचन गर्ने कार्यक्रम रहेको दाङ महिला जेसीजका महासचिव संगीता गिरीले जानकारी दिनुभयो ।

२३ गते घोराही १७ को कार्यालयमा सिप मूलक झोला बनाउने तालिम र अन्तिम दिन २४ गते घोराही १३ मा रहेको बाह्रकुने दह परिसरमा समापन तथा संस्थागत सम्मान गरेर समापन को कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*