Home / Feature Breaking news / नेपाली कांग्रेसद्वारा राजधानीको स्वागत

नेपाली कांग्रेसद्वारा राजधानीको स्वागत

दाङ, १८ असोज

दाङको भालुवाङ क्षेत्रलाई प्रदेश राजधानी तोक्न प्रदेश सरकारको प्रस्तावको स्वागत गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर दुई दाङले तत्काल सो स्थानबाट सत्ता सञ्चालन भएको हेर्न प्रतिक्षरत रहेको बताएको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी दाङको देउखुरी उपत्यका र लुम्बीनी नाम राख्ने विषयमा संसद सचिवालयमा पेश गरेको प्रस्ताव प्रदेशबासीहरुकोलागी उपयुक्त भएको भन्दै उक्त प्रस्वातको स्वागत गर्दै यस्तो बताएको हो ।

‘लामो समयदेखी पाँच नम्बर प्रदेशको राजधानी र नामको विषयमा टुंगो लाग्न नसकेको समयमा ढिलै भएपनि प्रदेशबासीहरुकालागी पायक पर्ने स्थान दाङको देउखुरी उपत्यकालाई राजधानी र शान्तिका दुत गौतम वुद्धको जन्मभूमी पवित्र स्थान लुम्बीनीको नामबाट प्रदेशको नामाकरण गरिनु स्वागतयोग्य छ’ क्षेत्रीय सभापति भुपबहादुर डाँगीले भन्नुभयो–‘दाङले राजधानी खोजेको नभई राजधानीले दाङ खोजेको हो । प्रदेश सरकारले प्रस्ताव गरेको दाङको देउखुरी उपत्यका प्रदेशका बासिन्दाहरुकालागी पायक पर्ने स्थान हो ।’

नेपाली कांग्रेस दाङले देश संघियतामा गएदेखी नै दाङलाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने आवाज उठाईरहेको र सोही अनुसार प्रदेश सरकारले राजधानी र नामाकरणको विषयमा प्रस्ताव पेश गरेकोमा क्षेत्रीय सभापति डाँगीले धन्यवाद व्यक्त गर्नुभयो ।

केन्द्रिय राजधानीकोलागी उपयुक्त भनेर चर्चामा रहेको दाङलाई प्रदेश राजधानी बनाएर पाँच नम्बर प्रदेशबासीहरुलाई प्रदेश सरकारले न्याय गरेको पनि उहाँले बताउनुभयो ।

साथै उहाँले तोीएको स्थान दाङको देउखुरी भालुवाङ क्षेत्रमा तत्काल प्रदेश सरकारका संरचनाहरु निर्माण गरि प्रदेशको शासनसत्ता सञ्चालन भएको हेर्न नेपाली कांग्रेस प्रतिक्षामा रहेको बताउनुभयो ।

‘तोकीएको भालुवाङ क्ष्ोत्रमा तत्काल प्रदेश सरकारका संरचनाहरु निर्माण गरि शासनसत्ता सञ्चालन गरेको हेर्न नेपाली कांग्रेस तीव्र ईच्छाका साथ प्रतिक्षामा छ’ डाँगीले भन्नुभयो– ‘यो प्रक्रीयामा सघाउन पनि कांग्रेस तयार छ । राजधानी र नामाकरण तोक्न जुन विलम्ब भयो त्यस्तो अहिले तोकीएको स्थान भालुवाङ क्षेत्रमा संरचना निर्माण गरि कार्य सञ्चालन गर्न ढिलाई नहोस् ।’ साथै उहाँले दाङ राजधानी बनाउनकलागी पहल गर्ने सम्पुर्ण प्रदेश सांसदहरुलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

यस्तै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले पनि दाङको देउखुरीमा राजधानी बनाउने र प्रदेशको नाम लुम्बीनी राख्ने पाँच नम्बर प्रदेशको प्रस्तावको स्वागत गरेको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेले आईतवार एक विज्ञप्ती निकालेर दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने निर्णय सम्पूर्ण दृष्टिले उपयुक्त भएको भन्दै प्रदेश सरकारको निर्णयको स्वागत गर्नुभएको हो ।

‘समग्र पाँच नम्बर प्रदेशको भौगोलिक केन्द्र रहेको प्रस्तावित ठाँउलाई कुशलतापूर्वक एकीन गरि निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई उच्च सम्मान गर्दै माननीय सांसदहरुले न्यायपूर्ण तरिकाले मतदान गरि संसदबाट अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ’ विज्ञप्तीमा भनिएको छ– ‘राजधानीकालागी प्रस्तावमा तोकीएको स्थान भौगोलिक हिसाबले ५ नम्बर प्रदेशको समदुरीमा अवश्थीत छ । त्यसलाई राजधानी चयन गर्ने र विश्वशान्तिका भगवान गौतम बुद्धको जन्मभुमी लुम्बीनी नामाकरण गर्ने सरकारको प्रस्तावलाई स्वागत समर्थन गर्दछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*