Home / Feature Breaking news / ‘सरकारले नै संविधानको खिल्ली उडायो’– खड्का

‘सरकारले नै संविधानको खिल्ली उडायो’– खड्का

दाङ, ९ असोज

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले वर्तमान सरकारले संविधानको खिल्ली उडाईरहेको बताएका छन् । स्कूल अफ डेमोक्रेसीले शुक्रवार तुलसीपुरमा आयोजना गरेको विपीको समाजवाद र मौलिक हक विषयक संवाद कार्यक्रममा बोल्दै सभापति खड्काले वर्तमान सरकारले संविधान विपरित कार्य गरेर संविधानको खिल्ली उडाईरहेको बताउनुभयो ।

वर्तमान समयमा कोरोना भाईरसको संक्रमण फैलिरहेको समयमापनि सरकारले संविधानमा उल्लेख गरिएका मौलिक हक अधिकारको उंलग्घन गरिरहेको उहाँको भनाई छ । ‘संविधानमा रहेको मौलिक हक नेपाली जनताले कहिले पाए, खै कहाँ पाए’ खड्काले भने– ‘सरकारले नै संविधान मान्दैन भने कसले मान्ने हो ।’ उनले सरकारले संविधान कार्यान्वयनमा गम्भीर नभएको बताउनुभयो ।

कोरोना भाईरस संक्रमणको समयमा नेपाली जनताहरु भेकभोकै छट्पटिरहनुपरेको भन्दै आफ्ना जनताको अभिभावक वर्तमान सकार बन्न नसकेको उहाँको भनाई थियो ।

स्कूलक अफ डेमोक्रेसी दाङका संयोजक विमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमले सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नदेखिएको बताउनुभयो । सरकार संविधान कार्यान्वयनमा धेरै पटक चुकेको भन्दै गौतमले डा. गोविन्द केसीले उठाएका मागप्रति गम्भीर नबनेर उनीमाथी गरेको व्यवहार संविधान विपरित भएको बताउनुभयो । कार्यक्रममा सहभागी अन्य नेताहरुले विपीको समाजवाद कार्यान्वयनमा कांग्रेस नै चुकेको बताए । उनीहरुले विपीको समाजवाद वर्तमान समयमा पनि उत्तिकै आवश्यक भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल, कांग्रेस नेताहरु भरतबहादुर न्यौपाने, महादेव शाह, कमल किशोर घिमीरे, क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी, भेषराज पाण्डे, कांग्रेस दाङका कोषध्यक्ष सावित्रा राना, महाधिवेशन प्रतिनीधी देवका नेपाली, महिला संघका केन्द्रिय सदस्य गिरिजादेवी न्यौपाने, नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यस अवसरमा स्कूल अफ डेमोक्रेसीका जिल्ला संयोजक विमला योगी लगायत पदाधिकारी एवं सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*