Home / Feature Breaking news / घोराही–लमही सडकमा स्कारपियो दुर्घटना, छ जना घाइते

घोराही–लमही सडकमा स्कारपियो दुर्घटना, छ जना घाइते

दाङ, ८ असोज । घोराही–लमही सडक खण्डमा स्कारपियो दुर्घटना भएको छ । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको बा २ च ९५३१ नम्वरको स्कारपियो लमही नगरपालिका–६ कुलमोहरदेखि करिब ५ सय मिटर अगाडि दुर्घटनामा परेको हो ।
दुर्घटनामा सल्यानस्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका–२ निवासी बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका निवासी तुलाराम परियार, त्यस्तै लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, १५ वर्षिया नोखी केसी, तुलसीपुर उपमहानगरपालिका–५ निवासी प्रकाश वली, सल्यान छत्रेस्वरी गाउँपालिका–३ निवासी चालक सन्तोष बुढाथोकी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घाइतेहरु मध्य दुई जनाको लमहीस्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा विहिवार विहान लमही–६ सिता भरार भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–५ निवासी प्रकाश वलीको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ ।
अन्यलाई सामन्य चोट लागेको छ । विपरित दिशाबाट आउदै गरेको मोटरसाइकललाई बचाउने क्रममा स्कारपियो दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*