Home / Feature Breaking news / नेविसंघको आयोजनामा २७ जनाद्वारा रक्तदान

नेविसंघको आयोजनामा २७ जनाद्वारा रक्तदान

सञ्जिव पछाइ
दाङ, ३० भदौ  । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ दाङको पहलमा आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङमा रगतको कमी भएपछि रगत चाहिने बिरामीका लागि समस्या आउन थालेपछि नेविसंघले आफूलाई सामाजिक जिम्मेवारीका रुपमा उभ्याएको हो ।

दाङको ब्लड बैंकमा रगतको अभाव भएको र रगत आवश्यक परेका बिरामीका लागि सकस हुन थालेपछि ब्लड डोनेसन कार्यक्रमको आयोजना गरेको नेविसंघले जनाएको छ ।

कार्यक्रममा २७ जनाले रक्त दान गरेका थिए । विद्यार्थी हकहितका लागि काम गर्दै आएको नेविसंघ पछिल्लो चरणमा सामाजिक उत्तरदायित्वका काममा पनि सक्रिय रहँदै आएको छ ।

रक्त दान नै जीवन दान हो भन्ने मान्यतालाई शीरोधार्य गर्दै रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी रगतको कमी हुन नदिनका लागि यस्तो कार्यक्रमको आयोजना गरेको नेविसंघले जनाएको छ ।

नेविसंघ इकाइका सभापति शिवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव कुलराज पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*