Home / Feature Breaking news / अव दुई हजारमै पीसीआर टेष्ट

अव दुई हजारमै पीसीआर टेष्ट

काठमाडौ,२८ भदौ । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५ हजार ५ सय तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो । तर त्योपनि महंगो भएपछि सरकारले घटाएर दुई हजारमा पीसीआर परिक्षण गर्न सकिने व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*