Home / Feature Breaking news / दाङमा सोमवारदेखि बजार र सार्वजनिक यातायात खुल्ने

दाङमा सोमवारदेखि बजार र सार्वजनिक यातायात खुल्ने

दाङ,२८ भदौ । दाङमा सोमवारदेखि बजार तथा सार्वजनिक सवारीसाधन खुल्ने भएको छ । सोमवार विहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, सावरीसाधन, उद्योग, कलकारखाना सञ्चालनमा आउने भएका हुन ।

जिल्ला प्रशासन कार्यालय दाङले आज सुचना प्रकाशित गरेर भदौ २९ गते सोमवारदेखि अर्को सूचना नहुदाँसम्मका लागि विहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार तथा सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो । प्रशासनले सवारीसाधन सञ्चालन गर्दा अनिवार्य रुपमा जोरविजोर नम्वर लागुपर्ने बताएको छ ।

साथै निश्चिम कर्मचारीको उपस्थीतिमा सरकारी कार्यालय, बंैक तथा वित्तिय सस्थाहरु खुलाउने निर्णय गरेको छ । तर साँझ ७ बजेदेखि विहान ६ बजेसम्म औषधीलगायतका अत्यावश्यक सवारीसाधनबाट अन्य कुनै प्रकारका गतिविधि तथा सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । नियम विपरित चलाइए कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले जिल्लामा सार्वजनिक कार्यक्रम, भेला, गोष्ठीलगायतका कुनै प्रकारका भीडभाड हुने कार्यक्रम गर्नमा भने रोक लगाएको छ । जिल्लाका कोरोना जोखिम कायम रहेको भन्दै मानिसहरुको भीडभाड हुने कार्यक्रमहरु गर्नमा रोकलगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जान थालेपछि जिल्ला कोरोना संकट समितिले भदौको १४ गतेदेखि जिल्लमा दोश्रो चरणको निशेषाज्ञाको घोषणा गरेको थियो । जसका कारण बजार,यातायात तथा उद्योग कलकारखानाहरु बन्द रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*