Home / Feature Breaking news / चक्कु प्रहारबाट प्रहरी हवल्दार घाइते

चक्कु प्रहारबाट प्रहरी हवल्दार घाइते

दाङ,२८ भदौ । दाङको घोराहीमा चक्कु प्रहारबाट एक प्रहरी हवल्दार घाइते भएका छन् ।
शनिवार साँझ होटल साहुनीले चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ४० बर्षीय प्रहरी हवल्दार खड्गबहादुर खत्री घाइते भएका हुन । उक्त होटल जिल्ला प्रहरी कार्यालयको गेट अगाडी रहेको छ ।

चक्कु प्रहारबाट खत्रीको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । चक्कु प्रहारबाट चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि फर्किसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घटना शनिबार बेलुकाको ७ बजेतिर घटेको हो । होटलमा कुराकानीका क्रममा विवाद हुदा होटल साहुनीले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरेकी थिइन ।

घाइते प्रहरी हवल्दार खत्रीसहित चक्कु प्रहार गर्ने होटल साहुनी र अर्का एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर घट्नाबारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिएका छन् ।

मदिरा सेवनपछि प्रहरी हवल्दारले होटल सञ्चालक महिलालाई जिस्काउँदा भएको विवादका कारण चक्कु प्रहार भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*