Home / Feature Breaking news / दाङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,२६ भदौ । दाङमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाव परिक्षणमा घोराहीका ३ जना र दंगीशरण गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । संक्रमित हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय, वडा नम्बर १७ का २० वर्षीय र वडा नम्बर १८ का ६८ वर्षीय पुरूषमा कोरोना देखिएको छ ।

त्यस्तै दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको छ । दाङमा थप ४ जनामा कोरोना देखिएसँगै जिल्लामा अहिलेसम्म ८ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । ती मध्य ७३९ जना उपचारपछि निको भई डिस्चार्ज भइसकेका छन् । अहिले जिल्लाका विभिन्न आइसोलेसन तथा होम आइसोलेसन गरि १ सय १० जना उपचाररत अवस्थामा रहेका छन् ।

अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा २२ जना, देउखुरीस्थित कोरोना आइसोलेसन सेन्टर मौरीघाटमा १४ जना, पद्योदय आइसोलेसनमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, जिल्ला बाहिरका आइसोलेसनमा १२ जना र सबै भन्दा बढी होम आइसोलेसनमा ६७ जना उपचाररत छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित घोराही उपमहानगरका नागरिक भएका छन् ।

अहिलेसम्म घोराहीमा ३ सय ४६ जना कोरोना संक्रमित भएकोमा २ सय ८४ जना निको भइसकेका छन् भने ६० जना अझै संक्रमित रहेका छन् । त्यस्तै, दंगीशरणका २ जना, शान्तिनगरका ३ जना, तुलसीपुरका ३२ जना, लमहीका १ जना, राप्ती गाउँपालिकाका ७ जना, गढवाका ३ जना र राजपुरका २ जना गरी १ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*