Home / Feature Breaking news / क्यान्सरको उपचार नहुँदै कोरोना

क्यान्सरको उपचार नहुँदै कोरोना

लिलाधर वली
दाङ, २५ भदौ ।

‘दुःखीको घरमा मात्र तेरो वास हुने भए,
हे, ईश्वर दया राखी मलाई अझ दुःख दे’

बालकृष्ण समको मुकुन्द इन्दिरा नाटकमा पोखिएको यो अंश रुकुमको यही परिवारलाई मिल्न जान्छ । क्यान्सरपीडित बुवाको अप्रेशनको जब अन्तिम दिन आइपुग्दै थियो, त्यसअघि क्यान्सरपीडित रुकुमका एकजना नागरिक र उनका कुरुवा छोरा अस्पतालमै कोरोना संक्रमित भए ।

बुबालाई उपचारका लागि चितवन लगेका एक युवासहित उनका बुबालाई कोरोना संक्रमण देखिएको छ । पूर्वी रुकुमको पुथाउत्तरगंगा–८ निवासी ६६ बर्षीय एक युवा गएको साउनको ७ गते बुबाको उपचारका लागि चितवनको भरतपुरमा रहेको बीपी कोइराला क्यान्सर अस्पताल गएको पुगेका थिए ।

६५ बर्षीय बुबा लडेर दायाँ खुट्टामा घाउ भएपछि शुरुमा स्थानीय अस्पतालमा उपचार गराएका थिए । स्थानीय अस्पतालमा उपचार गर्दा राम्रो नभएपछि उनलाई अस्पताले खुट्टामा क्यान्सर भएको आशंका गरेपछि चितवन पठाएको थियो ।

चितवनको भरतपुरमा रहेको बीपी कोइराला क्यान्सर अस्पतालमा चेक गराउँदा खुबीपीामा क्यान्सर भएको र त्यसको अप्रेसन गर्नुपर्ने भनेको थियो । त्यसका लागि केही समय लाग्ने अस्पतालले भनेपछि उनी करिब एक महिनादेखि बुबासँग अस्पतालमा बसेका थिए । बुबाको अप्रेसन गर्नुपर्ने अस्तालले भनेपछि त्यसको तयारीकै अवस्थामा अस्पतालमा उपचारत एकजना विरामीमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उक्त अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीहरुमा स्वाव परीक्षण गर्दा उनीसहित बुबालाई समेत कोरोना भाइरसको संक्रमण देखियो । बुबा र आफूलाई कोरोना देखिएपछि अस्पतालले आफूलाई कोरोना विशेष अस्पताल बेलझुण्डी पठाएको उनले बताए ।

‘बुबाको खुट्टाको अप्रेसनको तयारीमा थियौ, त्यही बेला अस्पतालमा उपचाररत एकजना विरामीमा कोरोना संक्रमण देखियो’, उनले भने– ‘त्यसपछि अस्पतालका अन्य बिरामीहरुको समेत परीक्षण गर्दा हामीलाई पनि कोरोना देखियो ।’

बुबा र आफूलाई कोरोना देखिएपछि आफूहरुलाई भदौको १७ गते कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताल पठाइएको उनले बताए । शुरुमा अस्पतालमा तिमीलाई कोरोना देखियो भन्दा डर लागेको भए पनि अहिले डर नलागेको उनी बताउँछन ।

‘बुबाको उपचारका लागि म चितवन गएको थियो, चेकजाँचपछि डक्टरले अप्रेसन गर्नुपर्छ भनेपछि त्यसैको तयारीमा म लागेको थिए’, उनले भने–‘बुबाको अप्रेसन गर्नुभन्दा पहिले बुबासँगै मलाई पनि कोरोना देखियो ।

अस्पतालमा कोरोना लागेको छ भनेपछि शुरुमा डर लागेको थियो तर आफूमा कुनै समस्या नभएकाले अहिले डराएको छैन् ।’ बुबा र आफूलाई कोरोना संक्रमण देखिए पनि कुनै खतरा नरहेको डाक्टरहरुले बताउने गरेको उनीको भनाइ छ ।

कोरोना भाइरसमुक्त भएपछि एक हप्ता घर बसेर क्यान्सर रोगको अप्रेसनका लागि अस्पतालले बोलाएको समेत उनले बताए । शारीरिक अपांगता भएका समेत बुबाको उपचारका लागि अहिलेसम्म २ लाख बढी रकम खर्च भइसकेको समेत उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*