Home / समाचार / टिमार्टको दोस्रो वार्षीकोत्सव, बृद्धाश्रममा सहयोग

टिमार्टको दोस्रो वार्षीकोत्सव, बृद्धाश्रममा सहयोग

दाङ, २३ भदौ। दाङको घोराहीमा रहेको टि–मार्ट सुपरमार्केटले आज आफ्नो दोस्रो वार्षीकोत्सव मनाएको छ । कोरोना कहरकाबीचमा गर्न सकिने समान्य कार्यक्रम गरेर टिमार्टले वार्षीकोत्सव मनाएको हो ।

दुईवर्ष अघि घोराही उपमहानगरपालिका वडा नम्वर १५ भरतपुरमा सचालनमा आएको टि मार्ट सुपर मार्केटले आफ्नो पहिलो बार्षिक उत्सब घोराही बालमन्दिर प्राविमा अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण र तीज कन्टेस्टमा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरेर पहिलो बार्षिकोत्सव मनाएको थियो ।

त्यसैगरि यसबर्ष पनि टि–मार्टले आफ्नो दोश्रो वार्षिक उत्सव घोराही–१६ तेरौटेमा रहेको बृद्घाश्रममा खाद्यान्न सहयोग गरेर बार्षिकोत्सव मनाएको छ । मंगलबार घोराही–१६ तेरौटे ज्येष्ठ नागरीक सरोकार केन्द्रमा पुगेर टिमार्टका सँचालक टिकाराम रावत र पुर्णबहादुर रोकाले वृद्धाश्रममा रहेका १६ जना बुवाआमाका लागि खाद्यान्न सहयोग गर्नु भएको हो ।

उत्सवका अवसरमा टि–मार्टले जेष्ठ नागरिक सरोकार केन्द्रलाई विभिन्न सामाग्री सहयोग समेत गरेको छ । सुपरमार्केटले केन्द्रलाई २५ किलोका दुई बोरा चामल, ५ लिटर तेल, १० किलो दाल, १० किलो आलु, ५ प्याकेट नुन,४ दर्जन बिस्कुट र २५ थाना फ्रुटी सामाग्री सहयोग गरेको हो ।

सुपरमार्केटका संचालक टिकाराम रावत र पूर्णबहादुर रोका लगायतको समुहले सरोकार केन्द्र मै पुगेर उक्त सामाग्री रहयोग गरेको थियो । यस्तै मार्केटले वार्षीकोत्वसका अवसरमा दुई जना उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । कर्मचारीबीचमा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा ज्योती डाँगी र सुरेश पुनमगरलाई सम्मान गरेको हो ।

घोराही १५ भिंग्रेली चोकबाट सेवा दिँदै आएको मार्केटले पहिलो वार्षीकोत्सवका अवसरमा पनि सहयोग गरेको थियो । आफ्नो दोस्रो वार्षीकोत्सवका अवसरमा ग्राहकलाई ५ प्रतिशत छुटमा सेवा प्रदान गरेको समेत संचालक टिकाराम रावतले बताएका छन । ग्राहकको मागलाई मध्येनजर गर्दै मार्केटले छिट्टै घोराही–१४ लखन पार्क नजिक अर्को शाखा समेत विस्तार गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*