Home / Feature Breaking news / जलाशयमा बेपत्ता युवकको शव भेटियो

जलाशयमा बेपत्ता युवकको शव भेटियो

दाङ,२२ भदौ । कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शब २४ घण्टापछि फेला परेको छ ।

घोराही उपमहानगरपालिका–४ भकारेस्थित कमारे जलाशयमा डुवेर बेपत्ता भएका युवकको शव सोमवार दिउँसो करिव २ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय दाङको तालिम प्राप्त टोलीले पोखरीमा खाडिएको अवस्थामा शव फेला परेको थियो । मृतकको शव पोष्टमार्टमका लागि अहिले घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको समेत उनले बताए ।

घोराही–४ निवासी २३ बर्षीय गोपाल विक आइतवार दिउँसो करिव २ बजेतिर पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । अन्य चार जना साथीसँगै तालमा पौडि खेल्ने क्रममा सुनार डुवेर बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*