Home / Feature Breaking news / दाङमा भोलिदेखि दिउँसो १२ बजेपछि लकडाउन हुने

दाङमा भोलिदेखि दिउँसो १२ बजेपछि लकडाउन हुने

दाङ,२१ भदौ । दाङमा भोलीदेखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमवारदेखि विहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले भदौको २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमवारदेखि लागुहुने गरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्वर लागु गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी समेत रहेका समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । सार्वजनिक यातायातका साधनहरु भने चल्न पाउने छैनन् ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार दिउँसो १२ बजेपछि नियमित रूपमा लकडाउन हुनेछ । ‘ उपभोक्ताको सहजताका लागि बिहान ६ घन्टा बजार खोल्ने निर्णय गरेको छौ’–प्रजिअ रिजालले भने–‘दिउँसोदेखि पुन लकडाउन हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*