Home / Feature Breaking news / मिनी पार्क निर्माण गर्दै क्वारेन्टाइनका स्वास्थ्यकर्मीहरु

मिनी पार्क निर्माण गर्दै क्वारेन्टाइनका स्वास्थ्यकर्मीहरु

सुवास डि सी                                              तुलसीपुर, १६ भदौ ।                                            एका बिहानै तुलसीपुर ११ स्थित उरहरि स्वास्थ्य चौकि बेल्टाकुराका स्वास्थ्यकर्मिहरु स्वास्थ्य चौकि परिसरमा पसिना पुछ्दै हस्याङफस्याङ गर्दै थिए । कोहि कुटाे कोदालो पकडेर खनखोरस गर्दै थिए भने कोहि इट्टा अनि माटाे बोक्दै थिए । सधै बिरामिहरुको सेवामा ब्यस्त हुने स्वास्थ्यकर्मिहरु मजदुर जस्तै कडा परिश्रम गर्दै गरेको यो दृश्य रोचक अनि फरक देखिन्थ्यो । एक जना स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखिएपछि गत ८ गते देखि शिल गरिएको यस स्वास्थ्य चौकिका स्ताफहरु अफिस क्वारेन्टाइनमा बस्दै आएका छन् । उनिहरु त्यहा बसे देखि नै स्वास्थ्य चौकि परिसरमा मिनि पार्क निर्माण गर्न जुटेका हुन् । उनिहरु आफै खाना पकाएर खान्छन् अनि बाकि समय स्वास्थ्य चौकि परिसरको सज्जावटमा ब्यस्त हुन्छन् । स्वास्थ्य चौकिमा कार्यरत ९ जना स्वास्थ्यकर्मिहरु ८ गते देखि अफिस क्वारेन्टाइनमा छन् भने १० गते कोरोना परिक्षणका लागि स्वाब दिएर रिपोर्ट पर्खिरहेका छन् । बिभिन्न समयमा रचनात्मक गतिबिधिमा सकृय भएर चर्चा बटुल्दै आएका यस स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरु अहिले आफ्नो स्वास्थ्य भन्दा आफु कार्यरत स्वास्थ्य चौकि परिसरलाइ सजिसजाउ बनाउन ब्यस्त छन् । अफिस क्वारेन्टाइनमा बसे देखि नै स्वास्थ्य चौकि परिसरमा मिनि पार्क निर्माण गरि बिभिन्न फुलहरु रोप्न ब्यस्त यि स्वास्थ्यकर्मीहरु आफु कार्यरत संस्थालाइ सबै प्रकारले उत्कृष्ट बनाउनु आफ्नो कर्तब्य सम्झिन्छन । स्वास्थ्य चौकिका इन्चार्ज चित्र वलिको नेतृत्वमा एच ए , सिएम ए, ल्याब असिस्टेन्ट अनि अन्य स्वास्थ्यकर्मिहरु क्वारेन्टाइनमा बसे देखि नै स्वास्थ्य चौकि परिसरलाइ सुन्दर अनि आकर्षक बनाउन मेहनत गरिरहेका छन् । बिरामिहरुलाइ स्वास्थ्य सेवाका साथै मानसिक रुपमा पनि मनोरञ्जनको बाताबरण निर्माणका लागि यो अभियान शुरु गरिएको इन्चार्ज चित्र वलि बताउनु हुन्छ । काममा ब्यस्त हुदा मानसिक रुपमा पनि कोरोनाको ह्याङ हराउने भएकाले रिपोर्ट नाआउदा सम्म बिभिन्न रचनात्मक कृयाकलापमा ब्यस्त हुने सोच बनाएको वलिले बताउनु भयो । स्वास्थ्य चौकिका एच ए यज्ञ बहादुर केसिले पनि आत्मसन्तुष्टि र स्वास्थ्य चौकिलाइ आकर्षक बनाउन क्यारि बनाएर बिरामिहरुलाइ मिनि पार्कको अनुभुति दिलाएर उर्जा थप्न मिनि पार्क निर्माणमा जुटेको बताउनु भयो । उता कोरोना पोजेटिभ भएपछि कोरोना अस्पताल बेलझुन्डिको आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका यस स्वास्थ्य चौकिका अ हे ब खड्ग बिबस बस्नेतले आइसोलेशन भित्रको बेतिथि र स्वास्थ्यकर्मीको सहि रुपमा राज्यले मुल्यांकन गर्न नसकेको स्टार्टस लेखेर चर्चामा आएका छन् । उनले लेखेको स्टार्टसलाइ जोडेर विभिन्न स्थानीय तथा रास्ट्रिय स्तरका सन्चार माध्यमहरुले प्रार्थमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकाय कमिकमजोरि सुधारमा लागेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*