Home / Feature Breaking news / राप्ती प्रादेशिक अस्पतालका चिकित्सकसहित १९ जनामा कोरोना संक्रमण

राप्ती प्रादेशिक अस्पतालका चिकित्सकसहित १९ जनामा कोरोना संक्रमण

दाङ,१३ भदौ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत २ चिकित्सक, ४ जना स्वास्थ्कर्मी र तीन जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–५ का ३२ र ३७, वडा नं. ६ का ३५ र ४१, वडा नं. ९ का ५६ का एक जना र वडा नं. १९ का ३५ बर्षीय एक जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा चिकित्सक,स्वास्थ्यकर्मीसहित कार्यालय सहयोगीमा कोरोना देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

त्यसैगरी घोराहीमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका–८ का २५ बर्षीय पुरुष, घोराही–१० का २५, ३० र ३२ बर्षीय पुरुष र ३४ बर्षीय एक महिला, घोराही–११ का ५३ बर्षीय पुरुष, घोराही–१५ का २०, ४२, ५४ र ५७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । घोराहीमा ७५ जनाको स्वाव परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक ट्रेसिङका आधारमा स्वाव संकलन गरि परिक्षण थप १० जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन ।

त्यसैगरी तुलसीपरबाट स्वाव संकलन गरिएको घोराही–१५ का ३२ बर्षीय एक पुरुष र चितवन भरतपुर घर भएका २६ बर्षीय एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ६७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*