Home / Feature Breaking news / दाङमा आइतवारदेखि लकडाउन

दाङमा आइतवारदेखि लकडाउन

दाङ, १२ भदौ । कोरोना भाइरसको जोखिम बढेपछि दाङमा एक हप्ताका लागि लकडाउन गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज शुक्रवार बसेको बैठकले भदौको १४ गतेदेखि २१ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन आइतवारदेखि लागु हुने प्रमुख जिल्ला आधिकारी तथा कोरोना संकट व्यवस्थापन समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नकालागी लकडाउन गर्नु परेको उनले बताए ।

लकडाउनका क्रममा कुनै पनि नागरिक अत्यावश्यक काम बाहेक अन्य कामका लागि बाहिर निस्कन पाउने छैनन् । जिल्लाका दशवटै पालिका प्रमुखहरुको सुझाव अनुसार यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा आज जिल्लाका दश वटै पालिका प्रमुखसहित राजनीतिक दललगायतको उपस्थीतिमाा बैठक बसेको थियो’–प्रजिअ रिजालले भने–‘ सवैको सल्लाह अनुसार लकडाउन गर्ने निर्णय गरेका हौ ।’

यसबीचमा संक्रमणको दर बढेमा लकडाउनलाई थप गरिने समेत उनले बताए । साथै लकडाउन अवधिमा कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि पिसिआर

परीक्षणको दायरा बढाउने निर्णय भएको छ । त्यसकालागी आवश्यक किट एवं अन्य श्रोत जुटाउन पनि स्थानीय सरकारले पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।
दाङमा हालसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*