Home / Feature Breaking news / युरिया मलमा कालो बजारी गर्ने तीन जना व्यवसायी पक्राउ

युरिया मलमा कालो बजारी गर्ने तीन जना व्यवसायी पक्राउ

दाङ, १० भदौ । दाङमा रासायनिक युरिया मलमा कालो बजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबोरा ७२१ पर्ने रासायीनिक मल (युरिया) लाई प्रति बोरा २४०० रुपैयाको दरले विक्रि गरी गरिरहेको गोप्य सुचनाका आधारमा जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाले सयुक्त रुपमा छापा मार्दा तीन जना व्यापारी पक्राउ परेका हुन ।

उपभोक्तालाई ठगी गरि कालो बजारी गरेको आरोपमा तीनजना व्यापारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

गढवा बजार र त्यसको आसपासको क्षेत्रमा रहेका रासायिनिक मलका विक्रेताहरुले चर्को मुल्यमा युरिया विक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय गढवाको सयुक्त टोलीले गढवा गाउँपालिका वडा नम्वर ५ निवासी सुनिल पोख्रेल, सोही ठाउ निवासी राजकुमार गुप्ता र सोही ठाउँ निवासी युवराज पाण्डेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई प्रहरीले मुलुकी फौजदारी कार्यविधी सहिता,२०७४ को दफा १४ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको समेत खड्काले जानकारी दिएका छन् । जिल्लामा रासायनिक मल युरियाको अभाव देखिएपछि व्यवसायीहरुले बढि मुल्यमा बेच्ने गरेका छन् ।

यसअघि पनि जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको सयुक्त टोलीले तुलसीपुरबाट अवैध भारतीय मल विक्रि गरेको आरोपमा एक जना व्यवसायीलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*