Home / साहित्य विशेष / आमा म रूंदा तिमी हांसेको दिन !

आमा म रूंदा तिमी हांसेको दिन !

बोधराज रेग्मी
नौ महिना कोखमा हुर्कायौ
आमा कयौं पटक लात्ती प्रहार
गरें कति पीडा दिएं सह्यौ
आमा कहिल्यै दिंन्न अब
कष्ट तिमीलाई आजै हो
आमा बेस्सरी पीडा दिएको दिन ।
दिनभर धान रोपेर फर्केकी थियौ
एक्कासी प्रशव बेदनाले छट्पटियौ
अंध्यारो कोठीमा भित्ता समाउदै
चिच्यायौ करायौ अनि रोयौ
तिमी आजै हो आमा तिमी
मेरो कारणले रोएको दिन ।
दिनभर को थकानले शिथिल
तिमी तथापि सह्यौ
मेरो कुस्ती परेड संसार देखाउन
धरती टेकाउन छुट्टै अस्तित्व दिन
निरन्तर लाग्यौ आजै हो
आमा म तिमी प्रति कठोर बनेको दिन ।
जन्मायौ मलाई तृतीय सन्तानको
रूपमा रूंदै धरती टेक्दै थिएं
तिमी मुस्काउदै थियौ संसार देखायौ
धरती टेकायौ आमा ऋणी छु
सदैव तिमी प्रति,
आमा आजै हो म रुंदा तिमी हाँसेको दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*