Home / Feature Breaking news / एम्वुलेन्सबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु

एम्वुलेन्सबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु

दाङ,४ भदौ । दाङको देउखुरीमा एम्बुलेन्सबाट खसेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ भैँसाहीनाका निवासी

३५ बर्षीया कमला विकको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ३५ बर्षिय कमला बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधवार नेपालगंजबाट उपचार गरेर बुधवार घर फर्किने क्रममा विक विक भे १ च १६४५ नम्वरको एम्वुलेन्सबाट लडेकी थिइन । एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी विकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनी लमही–७ बनघुस्री चोक नजिकै एम्बुलेन्सबाट खसेकी थिइन । प्रहरीका अनुसार रोकिएको एम्वुलेन्स चल्ने क्रममा एम्वुलेन्सको पछाडीको ढोका आफै खुलेर उनी सडकमा खसेकी थिइन । उनको स्थायी घर राजपुर गाउँपालिका–७ भैसाहीनाका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*