Home / Feature Breaking news / कुखुराको मूल्य एक लाख !

कुखुराको मूल्य एक लाख !

लिलाधर वली
दाङ, ३ भदौ । सामन्यतया एउटा कुखुरा कति मूल्यमा विक्छ होला ? त्यसको सहजै उत्तर आउँछ लोकल कुखुरा प्रतिकिलो सात सयसम्ममा बिक्ने गरेको छ । ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी ३ सयदेखि ३ सय ५० सम्म । त्यस्तै बदिया भालेको मूल्य एक हजारदेखि २ हजारसम्म । तर, दाङमै २० देखि ५० हजारसम्म मूल्यमा कुखुरा विक्ने गरेको सुन्दा छक्क पर्ने हुन्छ । य

हाँका केही युवाहरूले यसरी नै सबैलाई छक्क पार्ने गरी कुखुरा व्यवसाय गर्दै आएका छन् । यी महंगा कुखुराहरु मासु खानका लागि नभएर लडाइँका लागि बिक्ने गरेका हुन् । तत्कालीन समयमा राणाहरुले दरबारमा शौखका रुपमा पाल्ने फाइटर जातका कुखुराहरू लडाइँका लागि बिक्री हुने गरेका छन् ।

घोराहीका तीनजना युवाहरु मिलेर घोराही उपमहानगरपालिका-१५ मा खोलेको दाङ असिल नेपाल फर्मबाटै यसरी कुखुराहरु बिक्री हँुदै आएको सञ्चालकहरुले बताएका छन् । भालेका शौखिन तथा लडाइँमा इच्छुक व्यक्तिहरुले आकर्षक मूल्य तिरेर फाइटर जातका कुखुराहरु दाङमै २० देखि ५० हजारसम्ममा किन्ने गरेको दाङ असिल नेपाल फर्म दाङका सञ्चालक विगन पुनले जानकारी दिएका छन् ।

‘हामीले कुखुरा बिक्री गर्ने भनेको टुर्नामेन्ट र फाइटर कुखुरा पाल्न इच्छुकहरूका लागि हो’, उनले भने- ‘टुर्नामेन्टसँगै फाइटर कुखुरा पाल्न इच्छुकहरुले भाले अनुसार २० हजारदेखि ५० हजारसम्म मूल्य तिरेर किक्ने गरेका छन् ।’ शुरुमा विगनले एक्लै शुरु गरेको व्यवसाय विगत एक बर्षदेखि तीन जना मिलेर संयुक्तरुपमा व्यवसाय गर्न शुरु गरेका हुन् ।

फर्मबाटै उनीहरुले पश्चिममा धनगढी, सल्यानदेखि पूर्वमा बुटवल, पोखरा, गोर्खा चितवन, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका ठाउँहरुमा बिक्री गर्ने गरेको समेत बताए । विभिन्न प्रतियोगिताहरुमा पुग्ने गरेका उनीहरुलाई सोही आधारमा नै कुखुराका लागि सम्पर्क गर्ने गरेको समेत बताए ।

आपूmहरुले ५७ हजार रुपैयाँ मूल्य हालेर किनेको फाइटर कुखुरा अहिले १ लाख रुपैयाँ मूल्य दिँदासमेत नदिएको उनले बताए । अन्य कुखुराका तुलनामा आकर्षक र हाइटी देखिने फाइटर कुखुरा लडाकु कुखुराको रुपमा चिनिने गरेको अर्का सञ्चालक सञ्जय जीएमले जानकारी दिएका छन् । फाइटर कुखुराहरु मासुका लागिभन्दा पनि टुर्नामेन्टका लागि बिक्री हुने गरेको उनी बताउँछन् । उनका अनुसार नेपालमा काठमाडौं, पोखरा, भक्तपुर, ललितपुरलगायतका दाङमा समेत टुर्नामेन्ट हुने गरेका छन् ।

ती टुर्नामेन्टहरुमा लडाउनका लागि मानिसहरुले आकर्षण र लडाकु भालेको अवस्थाअनुसार मूल्य दिने गरेको उनले बताए । ‘हामीले फाइटर कुखुराहरु केजीमा बिक्री गर्नेभन्दा पनि कतै बिक्री गर्ने गर्दै आएका छौं’, उनले भने- ‘जसमा भाले हेरेर ग्राहकसँग मूल्य तोक्ने गरेका छौं ।’ उनले शुरुमा भारतबाट कुखुरा ल्याउने गरे पनि अहिले घोराहीमा पनि उत्पादन गर्ने गरेको बताए । फाइटर कुखुराका गलुवा, रामपुरी, जाभा, माढीपुरलगायत जात हुने गरेका छन् ।

‘अहिले घोराहीमै बच्चा उत्पादन गर्ने र हुर्काएर बिक्री गर्ने काम पनि गर्दै आएका छौं’, उनले भने- ‘तर कतिपय ग्राहकहरुले भारतबाट ल्याएको कुखुरा मन मराउने गरेकाले भारतबाट समेत ल्याउने गरेका छौं ।’ तीनजनाले ५०/५० हजार रुपैयाँ उठाएर शुरु गरेको फर्ममा ७/८ लाख रुपैयाँ लगानी पुर्‍याएका छन् । पछिल्लो समय माग बढे पनि लकडाउनका कारण भारतबाट कुखुरा ल्याउन नसक्ने अवस्था आएपछि मागअनुसारको कुखुरा पुर्‍याउन नसकेको समेत उनले बताए । सो फर्ममा बिगन पुन, सञ्जय जीएम र इन्गेज बुढामगरको संयुक्त लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*