Home / Feature Breaking news / गोंगबु हत्याकाण्ड– कृष्णबहादुरको ६० लाख कल्पनाले चलाएको प्रहरी आशंका !

गोंगबु हत्याकाण्ड– कृष्णबहादुरको ६० लाख कल्पनाले चलाएको प्रहरी आशंका !

काठमाडौं । काठमाडौंको गोंगबुमा कृष्णबहादुर बोहोराको हत्याकाण्डमा प्रहरीले आर्थिक पाटो पनि रहेको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ । कृष्णबहादुरका परिवारले कल्पनाले पैसा प्रयोग गरेको आशंका गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु गरेको हो ।
अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको अनौपचारिक जानकारी आएको छ ।

ती प्रहरी अधिकारीले भने,“त्यो पैसा कल्पनाले साचिक्कै लिएको हो वा होइन । लिएको भए फिर्ता गर्‍यो कि गरेन हामी हेर्दैछौँ । तर कुनै न कुनै रुपमा आर्थिक कारोबार भने भएको हाम्रो ठहर छ ।” कल्पनाले ठूलो आर्थिक रकम चलाएको र त्यो रकम मागेपछि विवाद भएको हुनसक्ने समेत कतिपयको आशंका छ ।
यसबाहेक प्रहरीले उनीहरुबीचको प्राविधिक पाटोकोसमेत अनुसन्धान थालेको छ । जसमा उनीहरुबीचमा भएका फोन म्यासेजलगायतको अनुसन्धान हुनेछ ।

यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखाका एसएसपी दिपक थापा घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । आइतबार गोंगबुमा कृष्णबहादुर बोहोराको टाउको र शरीरको भाग छुट्टाछुट्टै अवस्थामा प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्न आरोपमा प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भइ हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरिसकेको छ । प्रहरीका अनुसार हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् । शव व्यवस्थापन गर्नका लागि छोरीको सहयोग लिनुपरेको उनले बयानमा उल्लेख गरेको भए पनि हत्यामा छोरीको संलग्नतालाई उनले अस्वीकार गरेकी छन् ।

अनुसन्धानका क्रममा कल्पना र बोहोराबीच करिब ४ वर्षदेखि चिनाजान रहेको पाइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*