Home / Feature Breaking news / ३ सय ३० जना प्रहरीमा कोरोना संक्रमण

३ सय ३० जना प्रहरीमा कोरोना संक्रमण

दाङ, २२ साउन

देशभर ३ सय ३० जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयमा सबैभन्दा धेरै १ सय ४ जना प्रहरीहरुमा कोरोना संक्रमण भएको छ ।

जसमा २ जनामा निको भईसकेको छ भने १ सय २ जना उपचाररत छन् । बाग्मति प्रदेशमा १ जना प्रहरीमा कोरोना संक्रमण भएको छ ।

काठमाडौँ उपत्यकामा १६ जना संक्रमीत भएको ७ जना निको भईसकेका छन् भने ९ जना उपचाररत छन् । प्रदेश नम्बर १ मा ४० जना संक्रमीत भएकोमा १३ जना निको भएको र २७ जना उपचाररत छन् ।

प्रदेश नम्बर २ मा ५८ जना संक्रमीत भएकोमा ३४ जना र २४ जना उपचाररत छन् । प्रदेश नम्बर ५ मा २२ जना संक्रमीत भएकोमा १५जना निको र ७ जना उपचाररत छन् ।

कर्णाली प्रदेशमा २७ जना संक्रमीत भएकोमा २७ जना नै निको भईसकेका छन् भने सुदुरपश्चीम प्रदेशमा १३ जना संक्रमीतहरुमध्य १२ जना निको भएको र १ जना उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*