Home / Feature Breaking news / करेन्ट लागेर दुई छोराको मृत्यु, बुबा घाइते

करेन्ट लागेर दुई छोराको मृत्यु, बुबा घाइते

दाङ, १९ साउन । दाङमा जंगली जनावरलाई लच्छित गरि थापिएको करेन्टमा पर्दा एकैघरका दाजुभाईको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १ हर्नोकमा करेन्ट लागेर ३५ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबल रावतको सोमवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

सोही घटनामा परि मृतकका बुबा दिलबहादुर रावत समेत घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

जंगली जनावर बँदेलले मकै खाई हैरान पारेपछि बदेल मार्नको लागि आइतवार साँझ राखिएको विद्यतिय तारमा सोमवार विहान ६ बजेतिर दुई दाजुभाई पर्दा उनीहरुको घट्ना स्थलमै मृत्यु भएको हो ।

‘मकै लिन बारीमा गएका दुईभाई मध्य सुरुमा तेजबहादुर भुलबस करेन्टमा परेका थिए, उनी करेन्टमा परेपछि दाईले बचाउन खोज्दा दुई भाईको घट्नास्थलमै मृत्यु भएको हो’–जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले भने–‘उनीहरुलाई करेन्ट लागेर चिच्याएको सुरेर पुगेका बुबालाई समेत करेन्ट घाइते भएका छन, घाइते अहिले उपचार भैरहेको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*