Home / समाचार / मावि नारायणपुरमा शिक्षकलाई कम्प्यूटर तालिम

मावि नारायणपुरमा शिक्षकलाई कम्प्यूटर तालिम

नारायणपुर, १८ साउन

श्री सिद्ध रत्न नाथ मावि नारायणपुरले विद्यालयमा कम्प्यूटर शिक्षा प्रभावकारी बनाउनलागि शिक्षकहरुलाई कम्प्यूटर तालिम सुरु गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको आयोजनामा शिक्षकहरुकालागि तीन दिने कम्प्यूटर तालिम आईतवारदेखी सुरु भएको छ । विद्यालयमा हुने अध्यापनलाई प्रविधीमैत्री बनाउनकालागी शिक्षकहरुलाई कम्प्यूटर शिक्षा सुरु गरिएको हो । तीन दिनसम्म शिक्षकहरुलाई कम्प्यूटरसम्बन्धी आधारभुत जानकारी दिईनेछ ।

विषयवस्तुसँग सम्बन्धीत सामाग्रीहरु कम्प्यूटरमा खोजी गर्ने, डाउनलोड गर्ने र कम्प्यूटरबाट प्रोजेक्टरको माध्यमबाट विद्यार्थीहरुलाई प्रस्तुत गर्ने विषयमा तालिममा सिईकानेछ ।

TeACHER Computer

दुरसञ्चार प्राधिकरण केन्द्रिय कार्यालयले सिद्ध रत्ननाथ मावि नारायणपुरलाई २४ वटा कम्प्यूटर सहयोग गरेको छ । असार २९ गते कम्प्यूटरहरु विद्यालयलाई दुरसञ्चार कार्यालयले प्रदान गरेको थियो ।

साथै दुरसञ्चारले नेट पनि जडान गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभयो । शिक्षकहरुलाई कम्प्यूटर शिक्षाबारे जानकारी दिएर कक्षा ९ देखी ११ सम्म कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाईने पाण्डेले जानकारी दिनुभयो ।

narayanpur school 2

कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाउनकालागी शिक्षकहरुकालागी आयोजना गरिएको तालिमले महत्वपूर्ण सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक उत्तम खनालले बताउनुभयाृ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्धेश्य र विषयवस्तुमाथी विद्यालयका प्रधानाध्यापक उत्तम खनालले जानकारी गराउनुभएको थियो । तालिम उद्घाटन कार्यक्रमको सहजिकरण शिक्षक प्रतिनीधी युवराज बस्नेतले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा अमृत शर्मा रहनुभएको छ ।
,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*