Home / समाचार / राप्तीमा सुरक्षा र न्यायको अवस्था बारे छलफल

राप्तीमा सुरक्षा र न्यायको अवस्था बारे छलफल

तिर्थराज ज्ञवाली
देउखुरी, ९ साउन । राप्ती गाउँपालिकामा सुरक्षा र न्यायको अवस्थाको बारेमा छलफल भएको छ । राप्ती गाउँपालिकामा कार्यरत माहुरी होम डिएफआईडिर ईन्टरनेशनल अलर्टको साझेदारीमा सञ्चालित सहज परियोजना सल्लाहकार समितिको बैठकमा छलफल भएको हो ।

मानवअधिकार तथा सुरक्षा र न्यायको क्षेत्रमा कार्य गर्दै आएको माहुरी होमले सञ्चालन गरेका पछिल्ला तीन महिनाको समिक्षा समेत गरिएको छ ।
राप्ती गाउँपालिका न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा भएको बैठकले पछिल्लो अवस्थामा राप्ती क्षेत्रमा न्याय र सुरक्षाको बारेमा भए गरेका गतिविधि तथा अवस्याको बारेमा विश्लेषणात्मक छलफल गरेको हो ।

कोभिड १९ को विकराल अवस्थामा संस्थाले गरेका अल्लेखनिय कार्य तथा न्याय र सुरक्षाको विषयमा रेडियो कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*