Home / Feature Breaking news / तीज गीत झम–झम दर्कियो झरी… सार्वजनिक (भिडियोसहित)

तीज गीत झम–झम दर्कियो झरी… सार्वजनिक (भिडियोसहित)

दाङ,७ साउन । गायक तथा मोडेल कृष्ण रेउले र रीता केसीले स्वार दिएको झम–झम दर्कियो झरी…तीज गीत सार्वजनिक भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण एकदमै कम मात्रमा गीतहरु सार्वजनिक भैरहेका बेला दंगाली श्रष्टा पोषणनाथ योगीले रचना गरेको तीज गीत झम–झम दर्कियो झरी…. सावर्जनिक भएको हो ।

B. Star Films Pvt. Ltd को पोष्ट प्रोडक्सनमा तयार परिएको गितको अडियो र भिडियो एओन क्रियशन प्रालीले गरेको हो । गीतमा गायक स्वयम कृष्ण रेउले, गायीका रीता र सावित्रा बिकलगायतले अभिनय गरेका छन् ।

प्रकाश खडकाको छायांकन, मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोलाई बिक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका छन । उउक्त गितको भिडियो OSR Digital को Youtube Chanel मार्फत सार्बजनिक भएको छ ।

तीज गीत झम–झम दर्कियो झरी… सार्वजनिक (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*