Home / Feature Breaking news / ५२ हजार टिमुरका बिरुवा रोपियो

५२ हजार टिमुरका बिरुवा रोपियो

दाङ, २ साउन । दाङमा ५२ हजार टिमुरका बिरुवा रोपिएको छ । स्थानियहरुलाई आर्थिक आयआर्जनसँग जोड्नका लागि डिभिजन वन कार्यालय दाङले पहाडी भेगमा ५२ हजार टिमुरका विरुवा रोपेको हो ।

यसबर्ष करिब एक लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य लिए अनुसार अहिले सम्म ५२ हजार टिमुरका बिरुवा रोपि सकेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार बंगलाचुली गाउँपालिका, तुलसीपुरको छिल्लीकोट र घोराही उपमहानगरको सैघामा टिमुरका बिरुवा रोपिएको छ । सामुदायिक वन र व्यक्तिका बारीमा टिमुरका बिरुवा रोपिएको हो ।

यसैक्रममा शुक्रवार घोराही उपमहानगरपालिका १९ राम्चेको मदन आश्रित सामुदायिक वन क्षेत्रमा २ हजार ३ सय टिमुरका बिरुवा रोपिएको छ । वन समूहका उपभोक्ताहरुको सक्रियतामा २३ सय टिमुर, ७ सय वटा मालागेडी र दालचिनीका बिरुवा रोपिएको प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।

बृक्षारोपण कार्यक्रममा सहभागी हँुदै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विरुवाको संरक्षण गर्दै आम्दानीसँग जोडिन स्थानीयहरुलाई आग्रह गरेका छन् । विकासका पूर्वाधार सडक, विजुली, पानीको व्यवस्था सरकारले गरेको भन्दै अब आम्दानी हुने खालका व्यवसायमा जोडिनुपर्ने बताए ।

कार्यक्रममा डिभिजन वन अधिकृत दीपक ज्ञवालीले टिमुर रोपेको ३ देखी ४ बर्षमा फल्ने र प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ । त्यसका लागि मलजल र संरक्षणमा विषेश ध्यान दिन उहाँले स्थानीयहरुलाई आग्रह गरेका छन। बेरोजगारीलाई हटाउने र घरमै व्यवसायीक बाताबरण बनाउने उदेश्यले आम्दानीजन्य बिरुवाहरु रोप्ने अभियान थालिएको वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*