Home / समाचार / जिल्ला सभाको तयारीका लागि समिति गठन

जिल्ला सभाको तयारीका लागि समिति गठन

दाङ १ साउन । जिल्ला समन्वय समिति दाङको विहीवार सम्पन्न बैठकले जिल्ला सभाको लागि तयारी समिति गठन गरकोे छ ।

समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा ५ सदस्यीय सभा तयारी समिति गठन गरेको छ । समितिको सदस्यहरुमा समन्वय अधिकारी सावित्रा पुन थापा, जिल्ला समन्वय समिति सदस्य लोकी कुमारी वि.क, लेखापाल डायमन खड्का र नासु शालिकराम लामिछाने छन् ।

त्यसैगरेर बैठकले जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतको संयोजकत्वमा सभामा लैजाने कार्ययोजना तयार पार्न ३ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा शाखा अधिकृत सावित्री कुमारी श्रेष्ठ र जिल्ला समन्वय समितिका सदस्य देविलाल थारु कुमाल छन् ।

चौथो जिल्ला सभा साउनको दोस्रो सातामा गर्ने तयारी समन्वय समितिले गरेको छ । त्यसैगरेर बैठकले जिल्ला समन्वय समितिको कार्यालयमा करारका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेकको छ । त्यसैगरेर बैठकले समन्वय समितिका सदस्य लोकी कुमारी वि.क.का वुवा बलबहादुर विश्वकर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पास गरको छ ।

यसैविच समन्वय समितिका प्रमुख नेपालीले नयाँ आर्थिक वर्ष २०७७÷०७८ समन्वय समितिको कामलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन समेत दिएका छन् । ‘जनप्रतिनिधि र कर्मचारी विचको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्छ’ जनप्रतिनिधि र कर्मचारीविच भएको छलफलमा समन्वय समितिका प्रमुख नेपालीले भने ‘ त्यो भएमा काम गर्न थप ऊर्जा मिल्छ ।’ चालु आर्थिक वर्षमा वार्षिक कार्य योजना निर्माण गरेर काम गर्ने समेत प्रमुख नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*